अन्ततः औपचारिक रुपमै भारतले नेपालको भू–भाग आफ्नो नक्सामा राख्यो
काठमाडौं, कात्तिक २०
नेपालको अतिक्रमित भूमि अ औपचारिक रुपमै भारतको नक्सामा देखिएको छ । ५७ वर्षअघि अतिक्रमित भूमि अन्ततः भारतले आफ्नै नक्सामा राखेको छ । लिम्पियाधुरादेखि फिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सासमेत सार्वजनिक गरेको छ ।
कालापानी र सुस्ताको सीमा विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको छ । यो घटनाले भारतले फेरि नेपाललाई झस्काएको छ ।
भारतको यो अतिक्रमणमा चीनले पनि साथ दिएको छ । यसअघि नै भारत र चीनबीच यही बाटो प्रयोग गरेर व्यापार गर्ने सम्झौताअनुसार भारतले लिपुलेक अतिक्रमण गरेको हो । जुन कुराको विषयमा नेपाललाई कुनै जानकारी नै दिइएको छैन ।