सुदूरपश्चिम प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण (तस्बीरसहित)




धनगढी, कात्तिक २१
सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले आज पदभार ग्रहण गरेकी छन् । आज विहान एक समारोहकाबीच प्रदेश प्रम्ुख पन्तले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै उनले संविधानमा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्र्ने बताइन् । उनले आफू सुदूरपश्चिमका जनताको आकांक्षाअनुसार सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

पदभार ग्रहणअघि प्रदेश प्रमुख पन्तलाई प्रदेश मुख्यममन्त्री, मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मीका उच्च पदस्थ व्यक्ति, कर्मचारीलगायतले फुलमाला लगाएर स्वागत गरिएको थियो ।


स्वागत समारोहमा मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला मन्त्री तथा कानून मन्त्री प्रकाशबहादुर शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, भौतिक पूर्वाधार मन्त्री पठानसिंह वोहरा, उपसभामुख, सांसदलगातको सहभागिता रहेको थियो ।

सरकारले तत्कालिन देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाइ हटाएपछि नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News