सीमा अतिक्रमण गरिएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन
काठमाडौं, कात्तिक २२
भारतले सार्वजनिक गरेको आफ्नो नक्सा नेपाली भूमि पनि समेटिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले भारतीय दूताबास अगाडि प्रदर्शन गरेको छ ।
पदर्शनमा लिपुलेटक, लिम्पियाधुरा, कालापानीलगायत अतिक्रमित क्षेत्र फिर्ता गर लगायतका नारा लगाइएको थियो । उनीहरुले भारतीय विस्तारबाद–मुर्दाबादलगायतका नाराहरुसहितका प्लेकार्डसहित दूताबास अगाडि प्रदर्शन गरेका हुन् ।