दुर्घटनामा एकको मृत्यु



भरतपुर, २३ कात्तिक

चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १४ प ७१६८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका– १४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News