भारतले अकस्मात बन्द गर्यो नेपालगञ्ज सीमानाका




नेपालगञ्ज, कात्तिक २३
भारतले शनिबार विहानै नेपालगञ्ज सीमानाका अकस्मात बन्द गरेको छ । भारतले नाका सील गरेपछि मात्रै नेपाी अधिकारीहरुलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरिएको बारे औपचारिक जानकारी नआएको बताए ।

भारतीयअधिकारीहरुको मौखिक जानकारीअनुसार भारतको सुप्रिमकोर्टले शनिबार राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेको जानकारी दिएका छन् । भारतीय प्रहरीले सुरक्षाका दृष्ट्रिकोणले नाका सील गर्नुपरेको बाएका छन् ।

उनीहरुले नेपालबाट विरामी बोकेका एम्बुलेन्सबाहेक अन्य कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् । भारतबाट नेपाल आउन भने दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News