मानव बेचविखनको आरोपमा धनगढीबाट एक महिला पक्राउ, चार जना किशोरीको उद्दार



 

धनगढी, कात्तिक २३
मानव बेचविखन तथा ओसार पसारको आरोपमा कैलाली प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । मानव बेचविखनको आरोपमा जिल्ला प्रहरी कार्यालय कलालीले चितवन रत्ननगर नगरपालिका २ कि सपना पूजापतीलाई फक्राउ गरेको हो ।

उनले रोजगारीको प्रलोभन देखाएर युवतीहरुलाई भारत लिएर बेच्ने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट भारत लैजान लागेको चार जना किशोरीहरुलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई काठमाडौ धनगढी हुँदै भारतको पलिया पुगेको अवस्थाबारे प्रहरीलाई जानकारी आउँदा भारतीय प्रहरीको सहयोगमा पलियाबाटै किशोरीलाई उद्दार गरिको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता प्रहरी नायक उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News