दुई करोड भारतीय रुपैयाँ चोरी गर्ने पक्राउ




धनगढी, कात्तिक २३
भारतको अशोक विहारमा दुई करोड भारतीय रुपैयाँ चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । कैलाली प्रहरीले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय अम्मरसिंह भुललाई पक्राउ गरेको हो ।

उनले गत जेठ २६ गते भारतको अशोक विहार दिल्लीका विवेक अग्रवालको घरबाट भारतीय दुई करोड रुपैयाँ चोरी गरेर नेपाल आएका थिए । उनी फरारको सूचीमा थिए ।

उनलाई संगठित अपराध शीर्षकमा खुद्दा दर्ता गरि थप अनुसन्धान अगाडि बढाइएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News