कुकुर मार्ने तीन जना पक्राउ
इटहरी, कात्तिक २४
इटहरमा घरमा पालेको कुकुरलाई धारिलो हतियार प्रयोग गरी मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १ का मोहन विश्वकर्माको कुकुर जर्मन सेफर्डलाई धारिलो हतियार प्रहार गरि मार्ने इटहरी ५ का विशाल माझी, मनोज भण्डारी र सुदीप राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई विश्वकर्माको उजुरीका आधारमा पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालयका डीएसपी धर्मराज भण्डारीले बताए ।
तीनै जनाले घरको मुल ढोकामा खुकुरी हानेर क्षति पनि पुर्याएका छन् । कतिपयले मानिसलाई नै हान्न गएको तर, भेटेपछि कुकुरमाथि हतियार प्रहार गरेको बताएका छन् । यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।