विप्लव निकट विद्यार्थी पनि उत्रियो सडकमा



महेन्द्रनगर, कात्तिक २४
भारतले नेपाली भूभागसहित आफ्नो नक्सा सार्वजनिक गरेको विरोधमा सरकारबाट प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी पनि सडकमा उत्रिएको छ । विप्लव निकट अखिल क्रान्तिकारी सेती–महाकाली समन्वय समितिले महन्द्रनगरमा प्रदर्शन गरेको हो ।

अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै र्याली निकालेको थियो ।

तीन ठाउँबाट निकालिएको र्याली मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्यष् बबरजंग सिंह र कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News