सीमा अतिक्रमणविरुद्ध हस्ताक्षर अभियान सुरु
काठमाडौं, कात्तिक २४
भारतले कालापानी तथा पिलुलेक अतिक्रमण गरेको विरोधमा नेपालमा हस्ताक्षर अभियान सुरु गरिएको छ । भारतविरुद्ध प्रदर्शनसहित हस्ताक्षर अभियान सुरु गरिएको हो ।
सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संगठन र विद्यार्थी संगठन अनेरास्ववियुले आजदेखि हस्ताक्षर अभियान सुरु गरेको छ । अभियानमा नेकपा केन्द्रीय नेताहरुको पनि सहभागिता रहेको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटेको विरोधमा अहिले देशभर विरोध कार्यक्रम भइरहेका छन् ।