प्रधानमन्त्री ओलीलाई दिल्लीमा उपचार गराउन मोदीको प्रस्ताव




काठमाडौं, कात्तिक २५
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा उपचार गराउन भारती प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेको बुझिएको छ । ओलीको स्वास्थ्य अवस्थाका बारेमा छिमेकी देशका नेताहरुलेसमेत चासो दिँदै आएका छन् ।

मोदीले यसअघि प्रधानमन्त्री ओलीलाई विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन प्रस्ताव गरेका हुन् । भारतको विदेशमन्त्री नियुक्त भएपछि जयशंकर तीन महिनाअघि नेपाल आएका थिए । प्रधानमन्त्री ओलीले १२ वर्षअघि दिल्लीको एपोलो हस्पिटलमा मृर्गौला प्रत्यारोपण गरेका थिए ।

तर, चार वर्षअघि संविधान जारी गरिएका बेला दिल्लीको चासोलाई अस्वीकार गरेपछि दिल्लीसंग सम्बन्ध विग्रिदा ओली प्लोअपको लागि भारत गएका छैनन् । ओली नजिकै दिल्लीमा जानुभन्दा पनि सिंगापुरलगायतका अन्य देश गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News