बंगलादेशी राष्ट्रपति आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका


 



काठमाडौं, कात्तिक २६
तीन दशकपछि बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार हमिद आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । ५२ सदस्यी मन्त्रिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद भ्रमणको दौरानमा नेपाली समकक्षीलगायतसंट भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहको छ ।

हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसंग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपरान्ह भेटवार्ता गर्नेछन् । सोही दिन राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी तथा प्रतिनिधिमण्डलको सम्मानका लागि राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

त्यस्तै, हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रयसभाका अध्यक्ष, परराष्ट्रमन्त्री, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्ष देलका नेता शेरबहादुर देउवा, राजनीतिक दलका बरिष्ठ नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस दौरानमा हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगाय स्थानको पनि भ्रमण अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्