कमला नदीमा भूत मेला
जनकपुरधाम, कात्तिक २६
कार्तिक शुल्क पूर्णिमाको अवसरमा धनुषा र सिरहाको सीमानामा रहेको कमला नदीमा भूत मेला लागेको छ । कमला नदीमा स्थान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वाका साथ आज मेला लाग्ने गर्छ ।
नदीको किनारमा यतिखेर तान्त्रिक विद्या सिद्ध गर्न भक्त, धामी र सर्वसाधारको घुइँचो लागेको छ । नेपालतर्फ मात्र नभएर भारतमासमेत कमला नदीमा आज लाखौंले स्थान गरेका छन् । धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देउता खेल्दै कमला नदीमा स्थान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाएको हुने जनविश्वास रहेको छ ।
मुल धामीले मन्त्री सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रकाअनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुने दिने चलन छ । मिथिलामा सिदयौंदेखि तन्त्र विद्यामा सर्वसाधारणको विश्वास रहेको छ ।