सुशासनका लागि नागरिकको प्रत्यक्ष खबरदारी आवश्यक : मुख्यमन्त्री राई


 


विराटनगर, २६ कात्तिक
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनका लागि नागरिकको प्रत्यक्ष खबरदारी आवश्यक रहेको बताउनु भएको छ । स्थानीय सरकारका पदाधिकारीलागि विराटनगरमा आयोजित तीन दिने तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मंगलबार मुख्यमन्त्रीराईले विकासका समृद्धिका निम्ति सुशासन पहिलो सर्त रहेको र त्यसका लागि नागरिकको सहभागिता, रेखदेख र खबरदारी आवश्यक रहेको बताउनुभएको हो ।

प्रदेश सरकार गठन भएकै दिनदेखि सुशासन प्रति प्रतिबद्ध रहेको र भ्रष्टचारमा सुन्य सहनशीलताको नीति दिएको जनाउँदै प्रदेश सरकार सुशासन प्रर्वद्धनको अभियानमा रहेको र नागरिकले यसका लागि साथ दिनुपर्ने बताउँनुभयो । सुशासन विना आर्थिक समृद्धिको यात्रा गर्न नसकिने भएकाले विकास र समृद्धिको यात्रामा अगाडी बढ्न सरकारले पुर्वाधार विकास, गरिवी निवारण, रोजगारी सिर्जना, सडक सुशासन, कार्यलयको सेवा प्रवाहमा गरेको कामलाई हेर्नु र मुल्याङ्कन गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय सरकारले आफ्ना नागरिकलाई कसरी र कस्तो सेवा प्रवाह गर्छन्र त्यसमा सुशासन कायम हुने हुदाँ सेवा प्रवाह चुस्त छिटो र सरल बनाउन स्थानीय सरकारका प्रतिनिधीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिले मुलुकमा सुशासनको अवस्था ज्यादै नाजुक रहेकाले सुशासनका लागि जनजनमा चेतना र जागरण ल्याउनु पर्ने बताउँदै हरेक घरबाटै सुशासनको व्यवहार सुरु हुनुपर्ने बताउनुभयो । उद्योग बाणिज्य महासंघको आयोजनामा उद्योग संगठन मोरङले संयोजन गरेको कार्यक्रममा प्रदेश नं. १ का २२ ओटा स्थानीय सरकारका प्रतिनिधी सहभागी छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्