विकास र समृद्धिको प्रमुख आधार कृषि : मुख्यमन्त्री राई



विराटनगर, कात्तिक २७
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनु भएको छ । विराटनगरमा आज आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो ।

कृषिको माध्यमबाट देश धनी र जनता सुखी हुने भन्दै मुख्यमन्त्री राईले कृषिको व्यवसायिक, आधुनिकिकरण, औद्योगिकरण र बजारीकरणको आवश्यकता रहेको बताउनुभयो । अहिले कृषि क्षेत्रको अवस्था नाजुक छ, मुख्यमन्त्री राईले भन्नुभयो, अहिलेको अवस्थालाई सुधार गर्नेपर्छ ।

कृृषि क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकता रहेकोले व्यवस्थित ढंगबाट कानून, नीति, निर्देशिका बनाएर अगाडि बढ्ने मुख्यमन्त्री राईले बताउनुभयो । कृषिको माध्यमबाट धनी हुने सरकारको लक्ष्य रहेको बताउँदै मुख्यमन्त्री राईले सहयोग, अनुदान वितरणमा वास्तविक किसानमा पुग्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

विगतमा परम्परागत ढंगबाट निर्वाहमुखी कृषि भयो, अब आधुनिक र प्रविधिमैत्री भएर कृषि पेशा गर्नुपर्छ मुख्यमन्त्री राईले भन्नुभयो । कृषि क्षेत्रबाट आम्दानी बढाएर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा थियो ।

कृषि क्षेत्रमा कुनै प्रकारको अभाव नहुने वातावरण प्रदेश सरकारले बनाइरहेको बताउँदै मुख्यमन्त्री राईले अर्गानिक फर्महरु स्थापनामा कृषकहरु लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News