रौतहट बमकाण्ड : पीडितलाई अपहरण गरि बयान फेर्न लगाइँदै, यसरी खुल्यो रहस्य
रौतहट, कात्तिक २९
रौतहटको राजापुर फरहदवामा १२ वर्ष अघिको मुद्दाको थुनचेक बहस चलिरहेका बेला पीडित परिवार नै सुरक्षा माग गर्दै अदालत पुगेका छन् । बम विस्फोट घटनामा परेर घाइते भएका एक जना पीडितले आफू असुरक्षित भएको भन्दै अदालनको शरणमा पुगेको बताए ।
बम काण्डका मुख्य आरोपी महम्मद अफताव आलमको थुनचेक चलिरहेका बेला आलमका मान्छेहरुले अपहरण गरि बयान फेर्न दवाव दिएपछि भारत विहार राज्य सितागढी जिल्ला ग्राम पञ्चायत मुसाचौक निवासी ४२ वर्षीय रामचमारले अदालतसमक्ष लिखित रुपमै आफ्नो सुरक्षाको माग गरेका हुन् ।