प्रधानमन्त्री ओली अस्पताल जाँदै


 



काठमाडौं, कात्तिक ३०
प्रधानमन्त्री ओली आज नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदैछन् । स्रोतकाअनुसार उनको ग्राण्डी अस्पतालमा मृगौलाको डायलसिस गरिनेछ ।

प्रधानमन्त्री ओलीले यसअघि ग्राण्डी अस्पतालमै दुई पटक डायलसिस गरिसकेका छन् । १२ वर्ष अघि भारतको दिल्लीमा ओलीको मृर्गौला प्रत्यारोपण गरिएको थियो । उनले भदौमा सिंगापुरमा पुनः उपचार गराएका थिए । त्यसपछि ओलीले नियमित डायलसिस गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्