अब सेनाले पनि गर्ने भयो सीमा क्षेत्रको अनुगमन


 


काठमाडौं, कात्तिक ३०
अब नेपाली सेनाले पनि सीमा क्षेत्रको अनुगमन निरीक्षण गर्नेृ भएको छ । नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालयको नामको नयाँ इकाई खडा गर्ने भएको छ ।

छिमेकी मुलुकबाट राष्ट्रको सीमाना मिचिँदै जाने, सीमाका पिलरहरु हराउने र संरक्षण सेनाले नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो ।

सरकारले सशस्त्र प्रहरी बललाई सीसीमा सुरक्षाको जिम्मा दिँदैन आएकोमा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको हो । नेपाल–भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका दुई हजार सात सय १६ सीमा स्तम्भ गायव भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्