सीमा विवादबारे भारतीय समकक्षीको ध्यानाकर्षण गराउँदा मन्त्रीलाई भारत भ्रमणको निम्तो


 



काठमाडौं, कात्तिक ३०
नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेले सीमा विवादबारे भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४० औं महासभा बैठकका क्रममा मन्त्री पोखरेलले भारतीय समक्षको ध्यानाकर्षण गराएका हुन् । उनले भारतीय समकक्षी मानव संसाधन विकास मन्त्री रमेश पोख्रियालसंगको भेटबार्तामा सीमा विवाद कुटनीतिक संवादबाट चाँडो समाधान गर्नुपर्ने बताए ।

महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका मन्त्री पोखरेल र भारतीय समकक्षीबीचको भेटमा दुई नेताबीच भारतले नेपाली भूभाग लिपुलेक क्षेत्र आफ्नो नक्सामा समेटेकोलगायतका विषयमा छलफल भएको थियो । मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपालेकाअनुसार पोखरेलले सीमा विवाद समाधान गरेर दुई देशबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउन आग्रह गरेका थिए ।

सो अवसरमा भारतीय मन्त्रीले नेपालका मन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो दिएका थिए । भेटमा शिक्षा मन्त्रालयका सचिव महेकप्रसाद दाहाल, फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारीलगायतको सहभागिता उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्