गढीमाई मेला आजदेखि सुरु, जसलाई दक्षिण एसियाकै ठूलो मेला मानिन्छ




बारा, मंसिर १
एक महिनासम्म लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजदेखि सुरु भएको छ । जुन मेला दक्षिण एसियाकै सबैभन्दा ठूलो मेला मानिन्छ ।

प्रचार–प्रसार विबा नै करोडौं दर्शनार्थी मेला भर्न आउने गरेका छन् । यस वर्ष पनि एक करोड दर्शनार्थी मेला भर्न आउने अनुमान गरिएको छ । मेलामा धार्मिक पर्यटक, लाखौं पशुबली, भव्य मनोरञ्जनसहित हुन्छ ।

पहिलो पटक गढीमाईको दर्शन र पूजाआजा गरेर आफ्नो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाईमा भारतको विहार, उत्तरप्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थान था बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थीहरु आउने गर्छन् ।

पाँच दिनसम्म पूजा गरिसकेपछि गढीमाईका बहिनीहर कटबासीमाई, मनकामना, संसारी, साम्य, रजदेवी गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ । यसअघि अन्य दर्शनार्थीहरुको दर्शनका लागि खुला गरिने मुल पूजारी मंगल चौधरीले जानकारी दिए ।

यहाँ पूजारीहरुको समूहले १७ गते वनमा गई तान्त्रिक पूरा गरि भेटिएको सेतो मुसासहित बोका, लोकल कुखुरा भाले, सुगुर, परेवा र मानव रगत पाँच थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफै प्रज्वलित हुने गर्छ । त्यसपछि बाँकी बलि दिने प्रक्रिया सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News