ठमेलको नाइट क्लवमा पूर्वराजा र हिमानीको ‘सरप्राइज’, खुलेरै गरे डान्स (भिडियोसहित)


 



काठमाडौं, मंसिर २
पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित ठमेलका एक क्लवमा पुगेर ‘सरप्राइज’ डान्स गरेका छन् । उनी बेलाखबत रेष्टुरेन्ट तथा नाइट क्लवहरुमा देखिने गरेपछि यस पटक भने रामाइलो नै गरेका छन् ।

शाह ठमेलको चर्चित क्लव लर्ड अफ द ड्रिङ्स (एलओडी) पुगेर खानपिन मात्रै गरेनन् रातो र चन्द्र सूर्य गीतमा डान्स पनि गरे । पूर्वराजासहित हिमानीले पनि दर्शकसंगै डान्स गरिन् ।

निकै रमाइलो गरेका पूर्वराजपरिवारका सदस्यहरुले दर्शकहरुसंग निकै रमाइलो गरेका थिए । पूर्वरानी कोमल र पारसबाहेक पूर्वराजपरिवारका अन्य सदस्यहरुको क्लवमा उपस्थिति रहेको थियो । पूर्वराजपरिवारहरुसंग सेल्फी लिन उपस्थिति दर्शकहरुको तछाडमछाड नै थियो ।

साँझ १० बजे नाइट क्लवमा छिरेका शाह मध्यराति १ बजे बाहिरिएका थिए । क्लवमा पूर्व राजाको पक्षमा ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा पनि लागेको थियो ।

रुदिक श्रेष्ठलगायतको टीमले सञ्चालनमा ल्याएको नाइट क्लवमा तन्नेरीहरुको नाइट क्लव तन्नेरीहरुको रोजाईमा पर्ने गरेको छ ।

 

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्