माधव नेपालको कडा प्रहार : स्थानीय तह लुट्न व्यस्त छन्


 


काठमाडौं, पुस २
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु कामभन्दा लुट्न व्यस्त रहेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पैसाले उनीहरुले दुईटा मात्र होइन, तेस्रो नेत्र पछि उघ्रिएको छ ।

आफूसँग मिल्ने कर्मचारी लिएर गयो, कागजपत्र मिलायो, अनि धमाधम पैसा खायो ।’  स्थानीय तहलाई अधिकार दिनुपर्ने तर अनुगमन पनि गर्नुपर्ने नेता नेपालले बताए । कडाईका साथ अनुगमन गरेर राम्रो कामलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालले भने, ‘सात पुस्ताको सम्पत्ति जफत गर्ने तहमा गइयो भने बल्ल तह लाग्छ, नभए नेपालीहरु सजिलै तह लाग्नेवाला छैन ।’ कर्मचारीलाई पनि अधिकार मात्र चाहिएको उनले बताए ।

नियुक्ति, सरुवा बढुवामा घुस’ नेकपा वरिष्ठ नेता नेपालले भने, कर्मचारी संलग्न छन् कि ? नेता संलग्न छन् कि ? मन्त्री संलग्न छन् ? यिनैले सब बिगारेका छन् ।’

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्