नयाँ मन्त्री छनौटमा ओली र प्रचण्डबीच कुरा मिलेन, को को मन्त्री हट्दैछन् ?


 


काठमाडौं, मंसिर २

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीमा पुगेका छन् । यसका लागि कुन कुन मन्त्री हटाउने भन्ने पनि निश्चित भइसकेको छ । तर, नयाँ मन्त्री को को लाई बनाउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति हुन सकेको छैन । यसैकारण सोमबार हुने भनिएको मन्त्रिपरिषद् पुनगर्ठन फेरि सर्यो ।

दुई अध्यक्ष सोमबार साँझ भेटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुन कुन मन्त्रीलाई हटाउने तथा कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भएको बुझिएको छ । स्रोतका अनुसार दुई अध्यक्षबीच सहमति नजुट्दा मन्त्रिपरिषद् पुनगर्ठन केही दिनलाई सरेको छ ।

को को हट्दैछन मन्त्रीहरु?

स्रोतकाअनुसार पूर्वमाओवादीबाट कृषिमन्त्री चन्द्रपाणी खनाल बलदेव र उद्योगमन्त्री मात्रिका यादव हट्ने पक्का छ । यस्तै पूर्व एमालेबाट महिला बलबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाउने पक्का जस्तै छ ।

अरु कोको मन्त्री हटाउने भन्ने टुंगिएको छैन । यस्तै नयाँ मन्त्री को बन्ने भन्ने पनि प्रष्ट भइसकेको छैन ।

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्