भारतको बेश्यालयबाट चार बालिकासहित सात नेपाली महिलाकाको उद्धार


 


काठमाडौं, मंसिर ३
भारतको आसामस्थित एक बेश्यालयबाट चार बालिकासहित सात नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा भारतीय प्रहरीको सहयोग लिएर बेश्यालयबाट बालिकासहित महिलाहरुको उद्धार गरिएको हो ।

त्यहाँको लेख १४ को नामबाट चर्चित सिल्चारको कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरिएको हो । बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव चबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउट टोली आसाममा पुगेको थियो ।

उद्धार गरिएकामध्ये तीन जना २० वर्ष मूनिका रहेको र चार जना बालिकाहरुको रहेको शक्ति समूहका कानूनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए । गत जुलाईमा एकजना किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो । उनकै सूचनाको आधारमा त्यहाँबाट अन्य नेपाली महिलाहरुको उद्धार गरिएको हो ।

तीन युवती र किशोरीहरुलाई बेश्यालयसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरील्े पक्राउ गरेको छ । उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्