श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले भनेः नेपाल हाम्रो मन मुटुमा छ, ओलीसँग भेट्ने इच्छा


 


काठमाडौं, कात्तिक ३

श्रीलंकामा भर्खरै निर्वाचित भएका नयाँ राष्ट्रपति गोतावया राजापाक्षले नेपाल आफूहरुको मनमुटुमा रहेको बताएका छन् । राष्ट्रपति नेपालबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग ट्वीटर सम्वाद गर्दै राजापाक्षेले गौतम बुद्ध् को जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको बताए । उनले प्रधानमन्त्री ओलीसँग भेट गर्ने इच्छा पनि जाहेर गरेका छन् ।

ट्वीटरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति निर्वाचित भएका राजापाक्षेलाई मेन्सन गरेर बधाइ दिएका थिए । साथै आफू घनिष्ट सहकार्यका लागि इच्छुक रहेको बताएका थिए । जवाफमा ओलीलाई धन्यवाद दिँदै राष्ट्रपति राजापाक्षले हाल नेपाल अध्यक्ष रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् ।

राजापाक्षले ट्वीटरमै जवाफ दिने क्रममा लेखेका छन्ः भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।

राजापाक्षे गत सोमबार श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका थिए । बुद्धमार्गी उनले यसअघि बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणसमेत गरिसकेका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्