गोरु काटेर खाने चार जना पक्राउ


 



बाग्लुङ, मंसिर ३
बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकामा गोरु काटेर खाने चार जना पक्राउ परेका छन् । गाउँपालिकाको वडा नम्बर १ चिहानडाडा भन्ने स्थानमा गोरु काटेर आएको आरोपमा स्थानीय यामबहादुर सार्की, रेशम सार्की, आइते किसान र रवि किसानलार्ई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई पशु सम्बन्धी कसुर अन्तर्गत गाईगोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनीहरुमाथि अदालतबाबाट म्याद थपेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्