दुई वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ


 



काठमाडौं, मंसिर ३
पश्चिम नवलपरासीमा दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ६ विसासयका कुमबहदुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले सोमबार वृद्धलाई पक्राउ गरेको हो । घरमा कोही नभएको अवस्थामा बालिका खेल्दा खेल्दै गुरुङको घर पुगेपछि उनले बालिकालाई आइतबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्