कालापानी भारतकै भएको उत्तराखण्डका मुख्यमन्त्रीको दाबी


 



काठमाडौं, मंसिर ३
भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले भारतले आफ्नो नक्सामा राखेको कालापानी भारतकै रहेको बताएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी क्षेत्रबाट भारतलाई आफ्नो सेना हटाउनुपर्ने अभिव्यक्ति दिएपछि उत्तराखण्डका मुख्यमन्त्रीको यस्तो भनाई आएको हो ।

भारतीय मिडिया अमर उजालासंग कुरा गर्दै मुख्यमन्त्री रावतले कालापानी क्षेत्र भारतकै हिस्सा रहेको र भारतकै रहने बताए । नेपालले भनेको कुरा चिन्ताजनक भएको भन्दै उनले यसबारे वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

भारतले कालापानी–लिपुलेक क्षेत्रलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुप्मा नक्सा सार्वजनिक गरेपछि नेपालमा भारतको विरुध भइरहेको छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीले भारतलाई कालापानी क्षेत्रबाट हटाउन सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा तरंग फैलिएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्