मन्त्रीबारे टुंगो लगाइँदै, बोलाइयो बैठक


 



काठमाडौं, मंसिर ४
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डलमा केही हेरफेर गर्दैछन् । केही मन्त्रीहरुलाई हटाएर नयाँ व्यक्तिलाई मन्त्रीमा नियुक्ति गरिदैछ । यस विषयमा छलफल गर्न अहिले नेकपा सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान बैठक बोलाइएको नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिइन् । उनकाअनुसार बैठकले मन्त्री हुनेको नाम टुंगो लगाइनेछ । साथै पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ ।

पार्टी एकताको अधिकांश काम सकिएपनि केही कमिटीको काम बाँकी छ । पार्टी एकता भएको डेढ वर्ष वितिसकेको छ । आइतबार मात्रै प्रवास समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्