अतिक्रमण रोक्न मन्दीर बनाउन लाग्दा पनि एसएसबीको अवरोध


 


काठमाडौं, मंसिर ४
दुई वर्ष अघि सीमा विवादकै क्रममा भारतीय एसएसबीद्वारा गोली हानेर गोविन्द गौतमको हत्या गरिएको स्थान कञ्चनपुरको आनन्द बजारमा पुनः एसएसबीको दादागिरी कायमै छ ।

नेपाली भूमि अतिक्रमण रोक्न मन्दीर बनाउन खोज्दा पनि भारतीय एसएसबीले अवरोध गरेको छ । पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले मन्दीर बनाएपछि अतिक्रमण रोकिन्छ कि भनेर मन्दीर बनाउन खोज्दा पनि भारतीयले काम गर्न नदिएको बताए ।

यस पटक पनि नेपालीले नेपाली भूमिमै मन्दीर बनाउन पाएनन् । आनन्द बजार मात्रै नभई वडा नम्बर ६, ८ र ९ मा पर्ने अन्य नेपाली भूभागमासमेत विकासका पूर्वाधार बनाउन दिइएको छैन ।

भारतीय सुरक्षाकर्मीले बनाउन नदिएपछि गौतमको हत्या भएका बेला बनाउन लागिएको कल्भर्ट पनि अहिलेसम्म अलपत्र परेको छ । सो बाटो हुँदै आवतजावत पनि बन्द गरेका छन् । आफ्नो भूभागमा विकासका पूर्वाधार बनाउन नपाउँदा धेरै समस्या भएको नगरप्रमुख थापाले बताए ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्