बेरोजगारी हटाउन ओलीको नयाँ आइडिया, विदेशी पनि आकर्षित


 


काठमाडौं, कात्तिक ४

प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको युनि ग्लोबल युनियन एसिया तथा प्यासिफिक रिजनको ५ औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको स्पष्ट पारे । उनले गरिवी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यमबाट सो समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भएपनि उत्पादनमूलक उद्योग सञ्चालनको कामलाई जोड दिएको पनि स्पष्ट पारे । उनले श्रमिकहरुको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको पनि बताए । गरिबी, बेरोजगारी, भोकमरी विश्वमा बढ्दै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरुबीच बलियो सहकार्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्