कांग्रेस नेताबीच चिया पसलमै कुटाकुट, दुई जना घाइते


 


वीरगन्ज, कात्तिक ४

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधवार बिहान कुटाकुट भएको छ।

वीरगन्जको आदर्शनगरमा रहेको एउटा चिया पसलमा बिहान दुबै जनाबीच नगरसभा गृहको विषयमा विवाद भएको थियो। विवादले चर्को रुप लिएपछि उनीहरुबीच हानाहान भएको हो। घटनामा दुबै जना घाइते भएका छन्।

प्रदेशसभा सदस्य शर्मा र कांग्रेस नगर सभापति कलवार दुबै जनाको प्राथमिक उपचार नारायणी अस्पतालमा गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। शर्मा उपचार पछि घर फर्केका छन् भने कलवार थप उपचारका लागि भन्दै काठमाडौं गएको बताइएको छ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्