नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज सपथग्रहण




काठमाडौ, मंसिर ५
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथग्रहण आज हुँदैछ । विहान ११ बजेका लागि राष्ट्रपति कार्यालयमा सपथग्रहणको कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्माले गर्ने कार्यक्रम छ ।

ओली नेतृत्वको मन्त्रिपरिषदमा ६ मन्त्री र तीन राज्यमन्त्री गरि ९ नयाँ मन्त्री आएका छन् । पुनर्गठितमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा  क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै, मातिलाल दुगड, नवराज रावत र रामबीर मानन्धरलाई राज्यमन्त्री बनाइएको छ ।

यस्तै, चक्रपाणी खना, मातृका यादव, गोकर्ण बिष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुबीर महासेठलाई विदाई गरिएको छ । यस्तै, राज्यमन्त्रीहरु धनबहादुर बुढा, रामकुमार चौधरी र सुरेन्द्रकुमार यादव पनि विदाई भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News