स्काभेटर र जेसीबीमा प्रेसरकुकुर बम आक्रमण


 


सिन्धुली, मंसिर ५
सिन्धुलीको दुधौलीमा गराति अज्ञात समूहले ६ वटा स्काभेटर र जेसीबीमा प्रेसकुकर बम आक्रमण भएको छ । नगरपालिकाको वडा नम्ब १४ स्थित ककुरठाकुरमा अज्ञात समूहले बम आक्रमण गरेको हो । मारुती सिमेन्ट उद्योगका लागि ककुरठाकुरस्थित चुनढुंगा उत्खनन्मा प्रयोग गर्दै आएका ६ स्र्काभेटर र जेसीबीमाथि बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

बम आक्रमणबाट एउटा स्काभेटर, एउटा जेसीबीमा पूर्ण रुपमा क्षति पुगेको छ । यस्तै, अन्य स्काईभेटरमा पनि सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्याल सिन्धुलीका प्रम्ुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

उदयपुर जिल्लाको सिमाना नजिकै रहेको झाँक्रीटारमा अज्ञात समूहले तीनवटा प्रेसरकुकर राखेका थिए । प्रहरी उपरीक्षक सिंहकाअनुसार एउटा मात्रै विस्फोट भएको र अन्य दुई स्काईभेटरमै छ । स्काईभेटर र जेसीबीमा राखिएको कम निस्कृय बनाउन नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।

सिन्धुलीको दुधौलीमा निर्माण व्यवासायी क्षेत्र बम्जनको स्काभेटरमा आगजनी भएको एक दिन नवित्दै पुन आक्रमण भएको हो । बम आक्रमणमा विप्लवको संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्