मन्त्रीबाट बाहिरिएपछि गोकर्ण बिष्टले लेखे भावुक स्टाटस्, सबैलाई दिए धन्यवाद


 


काठमाडौं, मंसीर ५
श्रममन्त्रीबाट बाहिरिएपछि गोकर्ण विष्टले भावुक स्टाटस लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेखेका छन् – जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ ।

अहिले मन्त्रीबाट बाहिरिएको छु । थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ।

हिजो बेलुका प्रधानमन्त्रीले केही मन्त्रीलाई हटाउँदै नयाँ मन्त्री नियुक्त गरेका थिए । विष्ट पनि हट्ने मन्त्रीको सूचीमा परेका हुन् । श्रममन्त्रीमा रामेश्वर राय यादव नियुक्त भएका छन् ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्