घनश्याम भुसालको मन्त्रालयमा देखियो उच्च राजनीतिक संस्कार


 


काठमाडौं, कात्तिक ५

सिद्धान्ततः नेपालमा कम्युनिस्ट नेता कमै छन् । मोहन वैद्यपछि घनश्याम भुसाललाई वैचारिक नेता मानिन्छ । तिनै नेता आज कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् ।

सत्तारुढ नेकपाबाट मन्त्री बनेका भुसालको मन्त्रालयमा वैचारिक दक्षताजस्तै असल संस्कार पनि देखिएको छ । बिहीबार कृषि मन्त्रालयमा भुसालले पदभार ग्रहण गरेलगत्तै निवर्तमान कृषि मन्त्री चक्रपाणि खनालको हार्दिकतापूर्वक विदाई गरे ।

खनाललाई मन्त्रालय बोलाएर उनबाट बधाइ खाएर मन्त्री भुसालले अंकमाल गर्दै सौहार्दपूर्ण रुपमा विदाई गरेका हुन् । नेपाली राजनीतिमा यस्तो दृश्यलाई एउटा असल सुरुवातको रुपमा लिएको छ । कतिपयले वैचारिक नेपाल भुसालले आफ्नो विचार र सिद्धान्तलाई संस्कारमा रुपमा देखाउन खोजेको पनि टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गर्दै भुसाललाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्