घनश्याम भुसालले तोडे मन्त्री हुँदा गर्नुपर्ने चलन, जीवनमै पहिलोपटक मन्त्री बनेपछि के भने ?


 


काठमाडौं, कात्तिक ५

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले नवनियुक्त मन्त्रीले चलाउँदै आएको परम्परा तोडेका छन् ।

उनले मन्त्रीको पदभार गरेलगत्तै निर्णय गर्ने तथा त्यसमा हस्ताक्षर गर्ने चलन तोडेका हुन् ।

बिहीबार पदभार ग्रहण गरेका भुसालले पदभार ग्रहण गर्ने दिन पहिलो निर्णयमा हस्ताक्षर गर्ने प्रचलन तोडेका हुन् । जसलाई सकारात्मक सुरुवातको रुपमा लिइएको छ । निर्णयबारे नबुझी मन्त्री भएकै दिन निर्णयमा हस्ताक्षर गर्न नहुने उनको बुझाई रहेको बताइन्छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले कर्मचारीको सरुवा, बढुवामा हस्तक्षेप नगर्ने स्पष्ट पारे । कर्मचारीको सरुवा, बढुवालगायतका काममा हस्तक्षेपमा आफूलाई घृणा लाग्ने बताउँदै उनले आग्रह गरे, ‘तपाईहरु आफ्नो जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु । सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ ।’

आफूलाई मन पर्ने मन्त्रालय भएकाले कृषि मन्त्रालयमा आएको बताउँदै थपे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुलुकको सबैभन्दा प्राथमिकताप्राप्त मन्त्रालय हो तपाईले जिम्मेवारी लिइदिनुस् भन्नुभएको थियो ।’

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्