भारतले बैतडीको सीमा नाका आजदेखि बन्द गर्दै




बैतडी, मंसिर ६
भारतले नेपालको बैतडीसंग सीमा जोडिएको झुलाघाट नाका आजदेखि चार दिनसम्मका लागि बन्द गर्दैछ । जिल्ला प्रशासन कार्यालय बैतडीकाअनुसार आजदेखि मंसिर ९ गतेसम्म नाका बन्द हुनेछ ।

यही नोभेम्बर २५ तारिममा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशिलनता कारण जनाउँदै आज साँझदेखि ५ बजेदेखि भारतले सीमा नाका बन्द गर्ने जनाएको छ ।

सीमा नाका बन्द रहेको अवस्थामा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

यसअघि भारतले गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदापनि असोज १६ देखि १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News