शिवालयको सात सय बिघा जमिन गायव, भारतसम्म जमिन रहेको तथ्य
कैलाली, मंसिर ८
कैलालीको टीकापुर नगरपालिकाको वडा नम्बर ७ सत्तीस्थित शिवालयका नाममा रहेको सात सय बिघा जमिन हराएको छ । अहिले शिवालयका नाममा आठ कट्टा १४ धुर मात्रै जमिन छ ।
दुई कट्टा १० धुर शिवालय भएको क्षेत्र हो भने ६ कट्ठा चार धुर दानबाट प्राप्त भएको हो । नागरिकमा खबर छ ।
अहिले पद्म प्रकाशेश्वर महादेव मन्दिरका नाममले चनिने शिवालयका नाममा भएको सात सय बिघा अहिले कुन अवस्थामा छ भन्ने कसैलाई जानकारी छैन ।
यसबारेमा अहिलेसम्म कुनै खोजीनीति नै हुन नसकेको मन्दिर संरक्षण समितिका अध्यक्ष विदुर कायस्त बताउँछन् । उनले शिवालयका नाममा सात सय विघा जमिन रहेको प्रमाणले देखाएपनि त्यसको आधिकारिकता आफूसंग नरहेको बताए ।
शिवालयको नाममा जमिन रहेको पुरातत्व विभागले प्रकाशन गरेको ‘प्राचिन नेपाल’ नामक जर्नलमा पनि उल्लेख छ । सो जर्नलमा शिवालयको जमिन भारतको तिकुनियाँ, बेलराया, सिघाईसम्म थियो भन्ने पन उल्लेख छ ।