अन्ततः बसरुद्धिनविरुद्ध प्रदर्शनमा उत्रियो अनेरास्ववियु, विद्यार्थीको पैसा फिर्ता गरेर जेल हाल्न माग



वीरगञ्ज, कात्तिक ८

नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीको दादागिरीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ । अनेरास्ववियूले अन्सारीको पक्राउको पनि माग गरेको छ ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उनलाई पक्राउको माग गरेको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको होस्टलको गेटमा कुटपिट भएको थियो । उक्त घटनाको विरोधमा आइतबार अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको हो । संगठनले विद्यार्थीको पैसा फिर्ता गर्नुपर्ने, अन्सारीलाई तत्काल पक्राउ गरेर कारवाही अगाडि बढाउनुपर्ने माग राखेका छन् ।

अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोध र्‍याली घण्टाघरमा सुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरुले बसरुद्धिनलाई पक्राउ गर लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News