पदभारग्रहण गर्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले बढी नै माया गर्नुभयो



काठमाडौं, मंसिर ९
स्वास्थ्य मन्त्रालयबाट कानून मन्त्रालयमा सरुवा हुनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आज पदभार ग्रहण गरेका छन् । समाजबादी पार्टीका अध्यक्षसमेत रहेका यादवले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री यादवले आफूलाई धेरै माया गर्नुभएको भनेर व्यंग्य गरेका छन् । उनले प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेर कानून मन्त्रालयको जिम्मेवारी दिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेजारी दिएका थिए । जिम्मेवारी ग्रहण गर्दै उनले त्यसलाई आफूले सामान्य रुप्मा लिएको प्रतिक्रियासमेत दिए ।

उनले प्रधानमन्त्रीले विशेषाधिकारको प्रयोग गर्दै आफूसहितको जिम्मेवारी हेरफेर गरेको बताए । उपप्रधानमन्त्रीसमेत रहनेका मन्त्री यादवले अझै राम्रोसंग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः deshkone[email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News