गगनजी ! प्रधानमन्त्रीलाई आराम गर भन्ने तपाइले ७७ वर्षीय वृद्धका लागि भोट माग्न लाज लाग्दैन ?


 


काठमाडौं, मंसिर ९

कास्की २ नम्बर निर्वाचन क्षेत्रमा यहीँ मंसिर १४ गते हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका युवा नेता गगन थापा दिनहुँ सम्बोधन गरिरहन्छन् । उनको बोल्ने शैलीले धेरैलाई प्रभावित पनि बनाउँछ । उनी ७७ वर्षे वृद्ध उम्मेदवार खेमराज पौडेलका लागि भोट माग्दै सम्बोधन गर्छन ।

यहाँ सत्तारुढ नेकपाबाट विद्या भट्टराई उम्मेदवार छिन् । जो स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुन् । यो क्षेत्र रवीन्द्रले जित्दै आएको निर्वाचन क्षेत्र हो । अब उनकी पत्नी मैदानमा छिन् । यस्तो बेला कांग्रेसले वृद्ध नेतालाई उम्मेदवार बनाएको छ । यी कुरा त त्यहाँको वस्तुस्थिती मात्रै भयो ।

अब विषयवस्तुमा प्रवेश गरौं । केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गए । महिना दिनमै दुइपटक उपचारका लागि गएपछि कांग्रेसका युवा नेता थापाले बा भनेरै ओलीलाई आराम गर्न सुझाव दिए । त्यतिमात्रै होइन नेतृत्व युवालाई दिन आग्रह गरेर युवा नेताको पक्षमा वकालत गरे ।

उनको यो अभिव्यक्तिको कतै प्रशंसा त कतै आलोचना भयो । तर, धेरैले प्रधानमन्त्रीलाई आरामको जरुरत रहेको महसुस पछि मात्रै गरे, यति सम्मकी नेकपाकै नेता कार्यकर्ताले । यो त त्यतिखेरको कुरा भयो । उसो धेरैजसो समय राजनीतिमा गगनले युवा नेतृत्वको वकालत गर्छन र उनी यसको पक्षधर पनि हुन् ।

तर, आफ्नो यो धरातल र आदर्श विचारलाई कुल्चिँदै गगन अहिले कांग्रेसले कास्की २ बाट उठाएका वृद्ध उम्मेदवार खेमराज पौडेलका लागि भोट माग्दै हिँडेका छन् । जून उनको नैतिकता विपरितको कदम हो ।

आफै युवा नेतृत्वको अभियानका लागि लबिङ गर्ने, ६७ वर्षीय प्रधानमन्त्री ओलीलाई आरामको आग्रह गर्ने गगन आफ्नै पार्टीका वृद्ध उम्मेदवारको पक्षमा भने रातदिन भोट माग्न खटिएका छन् । परिवर्तनका लागि उनले आफ्नै पार्टीबाट वृद्ध उम्मेदवारलाई आराम गर्नुस् अथवा उम्मेदवार बनाउनुअघि नै युवालाई टिकट दिन लबिङ गर्नुपर्ने ठाउँमा उल्टै भोट मागेर हिँडेपछि उनी आलोचित बनेका छन् ।

‘६७ वर्षीय प्रधानमन्त्रीलाई बृद्ध भइस भनेर सल्लाह दिने गगन थापाले पोखरा पुगेर ७७ वर्षे जवान युवा नेतालाई भोट माग्दै छन्’, युवराज गैरेले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन् । यसरी थापाको सामाजिक सन्जाल र अन्य ठाउँमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्