महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएकै दिनको राति बिच जंगलबाट महिलाको उद्दार
धनगढी, मंसिर १०
महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएकै दिन सोमबार राति कैलालीको गोदावरीको जंगलबाट एक महिलाको उद्दार गरिएको छ । गोदावरी वडा नम्बर ४ को खैरानाको बिच जंगलबाट अन्दाजी २४/२५ वर्षीया महिलाको अलपत्र अवस्थामा राति ९ बजेको समयमा उद्दार गरिएको हो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकिय सचिव शेरसिंह विष्टसहितको युवाहरुको टोलीले महिलाको उद्दार गरेर इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।
विष्टकाअनुसार गोदावरी नगरपालिका वडा नम्बर ६ घर भएकी राना थरकी ती महिलाले आफू श्रीमानबाट पीडित भएको बताएकी छन् ।