देशभर नेकपाको पक्षमा माहोल, खोटाङमा पनि नेकपा विजयी


 


विराटनगर, मंसिर १४
आज भएको उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभर जित्ने क्रम जारी छ । देशभरबाट अहिलेसम्म नेकपाले आठ वटा वडा जितेको खबर प्राप्त भएको छ । यसैबीच खोटाङको साकेला गाउँपालिका वडा नं ३, खिदिमाको उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार शिवकला राईले जित हासिल गरेकी छिन् ।

कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा न ३ को अध्यक्षमा नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ विजयी भएका छन् । उनले खसेको मत को ५० प्रतिशत भन्दा बढी मत ल्याइ बिजयी भएका छन् । उनले ५२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी कांग्रेसका दीप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् । जम्मा मतदाता ११ सय ९९ रहेको थियो ।

रोल्पाको थवाङ गाउँपालिकामा नेकपाले विजयी शुरुवात गर्दै विजयको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको हो । शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् ।

उनले १७४ मत पाए । यो वडामा कुल मतदाता १२८४ थिए । तर, २०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो । नेत्रविक्रम चन्द समूहका पूर्व वडाध्यक्ष फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

मनोनयनका बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले उम्मेद्वारी फिर्ता लिए । यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा १७४ मत ल्याउने नेकपाका जनकबहादुर विजयी बनेका हुन् ।

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्