भोजपुरमा कांग्रेसलाई धक्का, नेकपा उम्मेदवार भारी मतले विजयी


 


भोजपुर, मंसिर १४
भोजपुरको पौवादुङमा गाउँपालिका –१ मा भएका वडा अध्यक्षको निर्वाचनमा नेकपाका उम्मेदवार भारी मतले विजयी भएका छन् । नकपाका उम्मेदवार जितेन्द्र राई भारी मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उक्त वडामा यस अगाडि नेपाली कांग्रेसले जितेको थियो । राईले ६९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीले २५४ मत प्राप्त गरे । मंगोल नेसनल अर्गजनाईजेसनका उम्मेदवार कला राईले तीन मत प्राप्त गरिन् ।

उपनिर्वाचनमा एक हजार ६१६ जना मतदाता मध्ये नौ सय ६५ मत खसेको थियो । उक्त वडा नेपाली कांग्रेसको गढ मानिदै आएको थियो ।

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्