अछामको मेल्लेख ५ मा काँग्रेसले सीट जोगाउन सकेन, नेकपाका खड्का विजयी




अछाम, मंसिर १५
यसअघिको स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी भएको अछाम मेल्लेख गाउँपालिका वडा नम्बर ५ मा नेकपा विजयी भएको छ । यहाँ नेकपाका रमेश खड्का सात सय ७८ मतसहित विजयी भएका छन् ।

उनले काँग्रेस उम्मेदवार वीरबहादुर वोहरालाई दुई सय १५ मतको पराकिलो मत अन्तरले पराजित गरे । वोहराले पाँच सय ६३ मत प्राप्त गरे ।

काँग्रेसले यो वडामा सिट मात्रै गुमाएर अघिल्लो चुनावमा पाएका केही मत पनि गुमाएको छ । अघिल्लो चुनावमा काँग्रेसलाई पाँच सय ८१ मत प्राप्त गरेको थियो । एक हजार ९ सय मतदाता रहेको मेल्लेख ५ मा एक हजार तीन सय ५६ मत खसेको थियो । जसमा १५ मत बदर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News