घोराहीमा बागीले नै हराए नेकपाका उम्मेद्वार, काग्रेसले बाजी मार्यो



दाङ, मंसिर १५
दाङको घोराही नगरपालिकाको वडा नम्बर १६ मा बागी उम्मेद्वारकै कारण नेकपा पराजित बनेको छ । यो वडामा नेपाली कांग्रेसका ताराबहादुर डिसी एक हजार दुई १८ मतका साथ विजयी भएका छन् ।

डिसीका प्रतिद्वन्दी नेकपाका सुरेशबहादुर केसीले एक हजार एक सय १७ मत प्राप्त गरे । उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका नेकपाकै बागी उम्मेद्वार जगलाल चौधरीले सात सय मत ल्याए ।

यस्तै, समाजबादीका विमला पुनले ३१, राप्रापाका प्रकाश केसीले १९, नेशनल मंगल अर्गनाइजेशनका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेद्वार समीर वलीले २३ मत प्रात गरे ।

दाङ नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो । यहाँ उम्मेद्वारी चयनदेखि नै नेकपामा विवाद रहेको थियो । सोही विवादकै कारण नेकपा वडा नम्बर १६ मा पराजित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News