सिद्धबाबा बलात्कार आरोपमा आईसीयूबाटै पक्राउ
विराटनगर, मंसिर १६
सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलई प्रहरीले उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनलाई सोमबार विहान ४ बजे नै विराट नर्सिङहोमबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्दा अनुयायीहरुले अवरोध गर्न सक्ने भएकाले विहानै आईसीयूबाटै उनलाई पक्राउ गरिएको डीएसपी विनोद शर्माले बताए । पक्राउ परेका बाबालाई प्रहरीले एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुर्याएको छ ।
उनलाई आइतबार नै पक्राउ गर्न खोजिएपनि अस्पतालले बाबालाई हृदयघात भएको भन्दै आईसीयूमै राखेपछि प्रहरी पछि हटेको थियो ।
विराट अस्पतालका चिकित्सक गिरीकाअनुसार उनलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो । हेलचेक्र्याई गर्दा थप समस्या देखिने भएपनि उनलाई आईसीयूमै राखिएको उनले बताए ।