नेकपाको साथ पाउँदा बाग्लुङबाट प्रदेशसभामा राजमोका शाही भारी मतले विजयी
बाग्लुङ, मंसिर १६
बाग्लुङ क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साथ पाएपछि काँग्रेसका जीतबहादुर शेरचनलाई भारी मतले पछि पार्दै प्रदेशसभामा विजयी भएका हुन् ।
निर्वाचित शाहीले प्रतिस्पर्धी शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गरे । शाहीले ११ हजार दुई सय मत पाए भने उनका निकटतम प्रतिस्र्धी शेरचनले नौं हजार एक सय ३८ मत प्राप्त गरे ।
यसअघि २०७४ मा भएको प्रदेशसभा सदस्यमा पनि नेकपा–राजमोको गठबन्धनबाट राजमोकै टेकबहादुर घर्ती ११ हजार आड सय ८४ मत ल्याएर विजयी भएका थिए । त्यो बेला पनि काँग्रेसबाट जीतबहादुर शेरचन नै चुनाव लडेका थिए ।
उनले त्यो बेला आठ हजार ६ सय २४ मत ल्याएका थिए । यसअघिको परिणाम हेर्दा राजको मत खटेको छ भने काँग्रेसको पक्षमा मत बढेको छ ।
यस्तै, उपनिर्वाचनमा समाजबादी पार्टीका अशोककुमार विकले तीन सय १६ मत ल्याए । यो क्षेत्रमा कुल ३५ हजार एक सय ८४ मतदातामध्ये २१ हजार आठ सय ९५ मत खसेको थियो ।