दिवंगत श्रीमानकै ठाउँमा बिमला, दाङबाट प्रदेशसभा सदस्यमा भारी मतले विजयी




काठमाडौं, मंसिर १६
दाङ क्षेत्र नम्बर ३ (ख) बाट भारी मतान्तरसहित नेकपाकी बिमला कुमारी खत्री प्रदेशसभा सदस्यमा विजयी भएकी छन् । हिजोराति सम्पन्न अनुसार खत्रीले २४ हजार दुई सय ८६ मतसहित जीत हात पारिन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज शर्मालाई ५ हजार १०५ मतान्तरले पराजित गरिन् । शर्माले १९ हजार एकसय ८२ मत प्राप्त गरे ।

यसैगरि, साझा पार्टीैका शिवकुमार चौधरीले २ सय ६६ र राप्रपाका भुपाल रातवले २ सय २५ मत ल्याए । विमला प्रदेशसभाका दिवंगत सांसद उत्तमकुमार खत्रीकी श्रीमती हुन् ।

अघिल्लो निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित उत्तमकुमारको सडक दुर्घटनामा परेर निधन भएको थियो । उनको मृत्यु भएपनि उनकै श्रीमतीलाई सांसदको टिकट दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News